दफा ४३
जिम्मामा रहेकोलाई भगाएको कसुर
: गार्ड, पिकेट, पेट्रोल, पोष्टको कमाण्ड गरेको बेलामा वा पालो लिएको बेलामा उचित अख्तियार नभई वा मनासिब माफिकको कारण नभई आफ्नो जिम्मामा रहेको व्यक्तिलाई छोडिदिएमा वा जिम्मा लिनु पर्ने कुनै कैदी वा व्यक्तिको पालो नबुझेमा जिम्मामा रहेकोलाई भगाएको कसुर गरेको मानिनेछ ।